Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

एमसीसी ‘अनुमोदनको संकेत’

एमसीसी ‘अनुमोदनको संकेत’


  • 11.2K
    Shares

    एमसीसी ‘अनुमोदनको संकेत’
    images

    अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारको नेपालमा जारी राजनीतिक भेटघाटसँगै उक्त सहायता परियोजना अनुमोदनको संकेत देखिएका छन्। राजनीतिक दलहरूबीच एकमत हुन नसक्दा चार वर्षदेखि यो अड्किएको छ। 

    सुमारले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन्। आउँदा आउँदै अघिल्लो दिन प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेकी थिइन्। एमाले अध्यक्ष ओलीले एमसीसी पारित हुने÷नहुने सरकारको हातमा रहेको बताएका थिए। प्रधानमन्त्री देउवाले शुक्रबार सुमारसँग भने, ‘एमसीसी कम्प्याक्ट अगाडि बढाउन मैले राजनीतिक स्तरमा छलफल जारी राखेको छु।’ 

    यसअघि प्रधानमन्त्रीले कांग्रेस संसदीय दलको बैठकमा एमसीसी सहायता परियोजना भएकाले पारित गर्नुपर्ने धारणा राखेका थिए। एमाले अध्यक्ष ओलीले पनि सुमारसँग आफूहरूले विगतमा पारित गराउने इमानदार प्रयास गरेको अवगत गराएका थिए। यसले दुवै ठूला दलका प्रमुख नेताले एमसीसी अनुमोदन गराउन चाहेको देखाउँछ। 

    उपाध्यक्ष फातिमा प्रधानमन्त्री देउवालाई भेट्न शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेकी थिइन्। भेटका क्रममा उनीहरूले एमसीसी र नेपालको आर्थिक रूपान्तरणका सम्भावनाहरूबारे छलफल गरेका थिए। प्रधानमन्त्री देउवाले भेटपछि ट्वीट गर्दै लेखेका छन्, ‘आज एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई भेट्न पाउँदा खुसी लाग्यो।

    हामीले एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणका सम्भावनाहरूसहित नेपाल–अमेरिका सहयोगबारे विचार आदानप्रदान गरेका छौं।’ भेटमा उपाध्यक्ष फातिमाले एमसीसी संसद्बाट अनुमोदन हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएकी थिइन्। प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीचको भेटबारे अर्थ मन्त्रालयले साँझ विज्ञप्ति जारी गरेको हो।  यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।

    प्रकाशित मिति :भाद्र २६ २०७८ शनिवार - ०७:२२:२३ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij