२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । रोमानियाले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । रोमानियाको sorgex services SRL कम्पनीले ९० जना पुरुष र २० जना महिला गरि जम्मा ११० नेपाली पुरुष महिला कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्ने सहित ६४ हजार माथि देख ७६ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले al secure manpower recruitment P. Ltd. को कार्यालय सिनामंगल काठमाडौंमा असोज १ र २ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij