Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आजदेखि खुल्यो पशुपतिनाथ मन्दिर

आजदेखि खुल्यो पशुपतिनाथ मन्दिर


  • 4.1K
    Shares

    आजदेखि खुल्यो पशुपतिनाथ मन्दिर

    हिन्दुहरुको महत्वपूर्ण धार्मिकस्थल पशुपतिनाथ मन्दिर शुक्रबारदेखि खुलेको छ । मन्दिर बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको हो ।

     नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि  पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको चहलपहल देखिएको छ ।

    कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए । मन्दिरमा सामाजिक दूरी पालनाका लागि नियम कडा बनाइएको छ ।

    प्रकाशित मिति :भाद्र २५ २०७८ शुक्रवार - १०:२६:०४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij