Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

स्रोत नखुलेको ११ लाख रुपैयाँसहित १जना पक्राउ

स्रोत नखुलेको ११ लाख रुपैयाँसहित १जना पक्राउ


  • 3.9K
    Shares

    स्रोत नखुलेको ११ लाख रुपैयाँसहित १जना पक्राउ

    काठमाडौं । स्रोत नखुलेको ११ लाख नगदसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ११ लाख नेपाली रुपैयाँ सहित भारत पश्चिम बंगाल हाउडा घर भएका १९ वर्षीय शोविक आदकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे  ।

    धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४४५० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाइ ल्याएको उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :भाद्र २३ २०७८ बुधवार - १३:१६:३७ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij