Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

नेपालगञ्जका विद्यालयहरु आइतबारदेखि खुल्ने

नेपालगञ्जका विद्यालयहरु आइतबारदेखि खुल्ने


  • 4.7K
    Shares

    नेपालगञ्जका विद्यालयहरु आइतबारदेखि खुल्ने
    images

    नेपालगञ्ज – नेपालगञ्जका विद्यालयहरु आइतबारदेखि खुल्ने भएका छन्।

    नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखाले भदौ २७ गतेदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको हो।

    विद्यालय सञ्चालन गर्दा सञ्चालकले स्मार्ट लकडाउनको निर्देशिका बमोजिमका मापदण्ड पालना गर्नु पर्नेछ। विद्यालयमा विद्यार्थीलाई सिफ्टमा उपस्थित गराउन निर्देशन दिइएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका शाखा अधिकृत लोकेन्द्रबहादुर शाहीका अनुसार कुल विद्यार्थीको एकतिहाइमात्रै सहभागी गराएर पठनपाठन गराउनु पर्नेछ । एउटा बेन्चमा दुई जनामात्रै विद्यार्थी राख्नुपर्ने शाहीले बताए।

    वैशाख ९ गते निषेधाज्ञा लागेपछि यहाँका विद्यालय बन्द छन्। निषेधाज्ञाले सबै क्षेत्रलाई खुकुलो पारे पनि विद्यालय सञ्चालन गर्न दिएको छैन। यसबीच सरकारले स्मार्ट लकडाउनको अवधारणा अघि सारेर विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ। लामो समयपश्चात् विद्यालय सञ्चालन गर्न पाउने भएपछि स्कूल सञ्चालकहरु खुशी भएका छन्।

    स्मार्ट लकडाउनले विभिन्न केस अनुसार निर्धारण गरेको नम्बरमा कोहलपुर नगरपालिका मिस्क र नेपालगञ्ज उपमहानगरपालिका येल्लोमा परेका छन्। अरु ६ वटा पालिका ग्रिन जोनमा परेका छन्। बाँकेमा रेड जोनमा पर्ने कुनै पालिका छैन ।

    बाँकेकै खजुराले भने भदौ २१ गतेदेखि नै सिफ्टमा स्कूल सञ्चालन गरिसकेको छ। यससँगै अरु पालिकाले पनि स्कूल सञ्चालन गर्दैछन् ।

    प्रकाशित मिति :भाद्र २३ २०७८ बुधवार - १३:१५:२९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij