Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते

चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते


  • 4.9K
    Shares

    चितवनमा बसको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१० मा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

    पैदलयात्री लमजुङको बेसीसहर नगरपालिका–६ का २२ वर्षीय विनोद अधिकारीको मृत्यु भएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा गए राति साढे १ बजे भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ ।

    घाइते पैदलयात्री २० वर्षीय महादेव भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    वीरगन्जबाट भैरहवातर्फ जाँदै गरेको लु२ख १५८२ नम्बरको बसले मंगलबार राति करिब सवा ११ बजे पैदल हिँडिरहेका उनीहरूलाई ठक्कर दिएको थियो । बससहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :भाद्र २३ २०७८ बुधवार - १०:५९:२३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij