Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सनराईज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार, बैंकिङ्ग संख्या ८९ पुग्यो

सनराईज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार, बैंकिङ्ग संख्या ८९ पुग्यो


  • 9.8K
    Shares

    सनराईज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार,  बैंकिङ्ग संख्या ८९ पुग्यो

    काठमाडौं । सनराईज बैंक लिमिटेडले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ ।

    सोही क्रममा श्रावण ३२ सोमबार बैंकले प्रदेश २, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं.१५ सोकनाह बजारमा ८८ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको थियो ।

    साथै भाद्र १३ गते आइतबार बैंकले प्रदेश १, सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

    उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८९ पुगेको छ । बैंकलेसेवा सञ्चालनका लागी सोकनाह बजारका श्री जितेन्द्र कुमार साह र तित्रिवनकी स्थानीय व्यवसायी श्री रमिता चौधरीलाई व्यावसायिक प्रतिनिधिका
    रुपमा नियुक्त गरेको छ ।

    सो शाखारहित बैंकिङ्ग बाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

    बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८९ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रकाशित मिति :भाद्र २२ २०७८ मंगलवार - १५:३२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij