२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँको नागढुंगाबाट प्रहरीले लागु औषध सहित एक जना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको रुपनी गाउँपालिका–६ घर भएका १९ वर्षीय सुरेश खङ्ग छन् ।
राजविराजबाट काठमाडौँ आउँदै गरेको ना.५ख ५३१५ नम्बरको बस चेकजाँच गर्दा सुरेशको साथमा लागु औषध फेला परेको थियो । उनको साथबाट ५८५ ट्याब्लेट नाइट्रोभ्याट बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।
महानगरीय प्रहरी वृत्त थानकोटले उनलाई लागु औषध (नियन्त्रण) ऐन–२०३३ अनुसार अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij