Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

निजामती सेवा दिवस : यी हुन् उत्कृष्ट पुरस्कार पाउने ४० कर्मचारी (सूचीसहित)

निजामती सेवा दिवस : यी हुन् उत्कृष्ट पुरस्कार पाउने ४० कर्मचारी (सूचीसहित)


  • 12.3K
    Shares

    निजामती सेवा दिवस : यी हुन् उत्कृष्ट पुरस्कार पाउने ४० कर्मचारी (सूचीसहित)

    काठमाडौं । १८औँ निजामती सेवा दिवसका अवसरमा आज ४० कर्मचारीलाई पुरस्कृत गरिँदै छ ।

    १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो । मन्त्रिपरिषद्को सोमबार (हिजो)को निर्णयानुसार उनीहरूलाई पुरस्कृत गर्न लागिएको जनाइएको छ ।

    उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने सूचीको पहिलो नम्बरमा सर्वोच्च अदालतका सहरजिस्ट्रार विमल पौडेलको नाम छ । यस्तै, राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेती र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव राजेन्द्रकुमार केसीको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा छ ।

    निजामती सेवा पुरस्कार पाउने सूचीको पहिलो नम्बरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव लक्ष्मीकुमारी बस्नेतको नाम छ । यस्तै, राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव ज्ञानराज सुवेदी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव कोशलचन्द्र सुवेदीको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा छ ।

    विस्तृत सूची पढ्नोस्–

    प्रकाशित मिति :भाद्र २२ २०७८ मंगलवार - १०:५१:३० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij