२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा फरार प्रतिवादी टेम्केमैयुङ गाउँपालिका–५ केरावारी बस्ने ५३ वर्षीय मन केशर राई छन् ।
टेम्केमैयुङ गाउँपालिका–७ बस्ने २५ वर्षीय राजधन राईको २०५० मंसिर ३ गते हत्या भएको घटनामा संलग्नमध्ये राईलाई जिल्ला अदालत भोजपुरको ०६१ भदौ २८ गतेको फैसलाले ३ वर्ष कैद सजाय ठहर भई घटना पछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले भोजपुर सदरमुकामबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत भोजपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि भोजपुर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij