Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

सेनाभित्र विभिन्न सुधार गरेर सैनिक सेवाबाट बिदा हुँदै प्रधानसेनापति थापा

सेनाभित्र विभिन्न सुधार गरेर सैनिक सेवाबाट बिदा हुँदै प्रधानसेनापति थापा


  • 4.4K
    Shares

    सेनाभित्र विभिन्न सुधार गरेर सैनिक सेवाबाट बिदा हुँदै प्रधानसेनापति थापा
    images

    काठमाडौँ– नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकाल सकिएपछि सैनिक सेवाबाट बिदा लिएका छन् । प्रधानसेनापति थापा ४२ वर्ष लामो सैनिक जीवनबाट आइतबार बिदा भएका हुन् ।

    सेनाको मुख्यालय जंगीअड्डामा आइतबार महारथी थापाको बिदाइ कार्यक्रम गरिएको थियो । कार्यक्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले प्रधानासेनापति थापाले आफ्नो ४२ वर्ष लामो सैनिक जीवनको क्रममा सेनालाई भरोसा योग्य संगठन बनाएको भन्दै बधाइ दिए ।

    कार्यक्रममा कामु प्रधानसेनापति रथी प्रभुराम शर्माले थापाको ३ वर्षे प्रधानसेनापतिको कार्यकालमा नेपाली सेनामा भएको सांगठनिक सुदृढीकरण, आधुनिकीकरण तथा पद्धति र प्रणालीको विकासमा भएका आमूल परिवर्तनले नेपाली सेनालाई थप सक्षम र सबल बनाउन सफल भएको बताए ।

    थापाको कार्यकाल सकिएपछि शर्मा नेपाली सेनाको प्रधानसेनापति नियुक्त भएका छन् । उनले यही भदौ २४ गतेबाट प्रधानसेनापतिको पदभार सम्हाल्ने छन् ।

    प्रकाशित मिति :भाद्र २१ २०७८ सोमवार - १३:२६:१५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij