Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र डुबानमा

गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र डुबानमा


  • 4.7K
    Shares

    गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र डुबानमा

    काठमाडौं । अविरल वर्षाले वाग्मती नदीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ ।

    मन्दिरमुनिको चौर डुबानमा परेपछि दिवंगत पितृका नाममा भाद्रकृष्ण औँसीमा श्राद्ध गर्न आउने भक्तजन प्रभावित भएको गोकर्णेश्वर नगरपालिका वडा नम्बर–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए ।

    गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरवाहिनीसम्म अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको सिँढी भरिएर बाहिर पानी आउँदा यो क्षेत्र डुबानमा परेको हो ।

    पानीसँगै आएको बाढीले यस क्षेत्रको सडक पनि बिगारेको छ । जोरपाटी–सुन्दरीजल सडक विस्तारका क्रममा ठाउँठाउँमा अलपत्र रहेको भाग बाढीले प्रभावित भएको छ । अधिकांश भित्री सडक जलमग्न भएको छ । गोकर्णमुनिको वाग्मती किनार क्षेत्रसमेत ठाउँठाउँमा डुबानमा परेको छ ।

    यसैगरी, रुद्रमतीमा आएको बाढीले रातोपुल–मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेका छन् । आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ ।

    प्रकाशित मिति :भाद्र २१ २०७८ सोमवार - १०:४२:४२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij