२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । काठमाडौं आसपासका क्षेत्रमा रातभर परेको भारी वर्षाका कारण खोला किनारमा रहेका ३८२ घर डुबानमा परेका छन् । राती साढे ३ घण्टामा १०५ मिलिमिटर वर्षा मापन गरिएको थियो ।
काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले दिएको जानकारीअनुसार ३८२ घर डुबानमा परेका छन् भने १३८ बढीको उद्धार गरिएको छ ।
“३८२ घर डुबानमा परेका छन्,” उनले भने, “१३८ बढीको उद्धार गरेका छौँ । रातीभन्दा केही कम वर्षा भएको छ ।”
काठमाडौंका कोटेश्वर, बल्खु, कुलेश्वर, बालाजु बसपार्क, शंखमूल, कालीमाटी बजारक्षेत्रका घरहरु डुबानमा परेका छन् । प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षती भएको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij