Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कपिलवस्तुमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु, एकजना घाइते

कपिलवस्तुमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु, एकजना घाइते


  • 4.1K
    Shares

    कपिलवस्तुमा दुई मोटरसाइकल  आपसमा ठोक्किँदा एक युवकको मृत्यु, एकजना घाइते

    काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिका–८, बोर्डगाँउमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

    हिजो बेलुका करिब पौने ८ बजे लु४३प ८०१३ र लु१९प १७२० नम्बरका मोटरसाइकल आपसमा ठोक्किएका थिए । १७२० नम्बरका चालक अर्घाखाँचीको ढाकाबाङ गाउँपालिका–६ का २५ वर्षीय मानबहादुर गमालको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा शनिबार राति ९ बजे मृत्यु भएको जनाइएको छ ।

    घाइते अर्का मोटरसाइकल चालक रुपन्देहीको सियारी गाउँपालिका–२ का ३५ वर्षीय राधेश्याम पासीको सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

    प्रकाशित मिति :भाद्र २० २०७८ आइतवार - १०:५१:२९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij