Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आज यी नदीमा बढ्नेछ बहाव, कहाँ–कहाँ छ बाढीको जोखिम ?

आज यी नदीमा बढ्नेछ बहाव, कहाँ–कहाँ छ बाढीको जोखिम ?


  • 4.7K
    Shares

    आज यी नदीमा बढ्नेछ बहाव, कहाँ–कहाँ छ बाढीको जोखिम ?

    काठमाडौं । पश्चिम राप्ती नदीमा आज पानीको बहाव बढ्ने पूर्वानुमान छ ।

    कोसी, नारायणी र यिनका सहायक नदीहरूमा पनि बहाव सामान्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

    कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

    कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, बबईलगायतमा बहाव सामान्य रहने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

    आज संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, झापा, सप्तरी, धनुषा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, कास्की, बागलुङ, म्याग्दी, रोल्पा, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, बजुरा र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

    प्रकाशित मिति :भाद्र २० २०७८ आइतवार - १०:४९:३३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij