Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ट्रक दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

ट्रक दुर्घटनामा एकको मृत्यु, १० जना घाइते


  • 4.9K
    Shares

    ट्रक दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

    किमाथांका । संखुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

    अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५, फ्याक्सिन्दाबाट तरकारी पुर्‍याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश–१–०२–००१ख ८०८३ नम्बरको मिनिट्रक चिचिला–१, पात्लेमा गए राति दुर्घटना हुँदा चालक धनकुटाको महालक्ष्मी नगरपालिका–६, लेगुवाका २९ वर्षीय जनक पाण्डेको घटनास्थलमै मृत्यु भएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार घाइते भएका १० मजदुरमध्ये तीनजनाको अवस्था गम्भीर छ । गम्भीर घाइत हुनेहरूमा खाँदबारी नगरपालिका–७ का २९ वर्षीय बब्लु मगर, भारत, असामका ३२ वर्षीय राहुल मालाकार र रक्की कुमारलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रनाउ सुवेदीले जानकारी दिए ।

    चालक पाण्डेको शव ट्रकले किचेको अवस्थामा आज बिहान निकालेर परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइँदै छ । घाइते १० मध्ये आठजना अरुण आयोजनामा काम गर्ने भारतीय नागरिक हुन् ।

    घाइते हुने  भारतीय नागरिक २४ वर्षीय मौतुन राय, विशाल कुमार, शैलेश कुमार, २७ वर्षीय संकज कुमार, ३० वर्षीय राभेन वैश्णव र २१ वर्षीय अरविन्द्र कुमार छन् ।

    दुर्घटनामा  खाँदबारी नगरपालिका–८, पिप्लेका १८ वर्षीय सविन विक पनि घाइते भएका छन् । घाइतेमध्ये तीनजना सामान्य उपचारपछि घर फर्किएका छन् । 

    प्रकाशित मिति :भाद्र २० २०७८ आइतवार - १०:४८:०८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij