२०८२ भाद्र ३ गते मंगलवार
गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा रहेकाे मनकामना केबलकार आज आइतबारदेखि पुन: सञ्चालनमा आएकाे छ । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द केबलकार सञ्चालनमा आएकाे मनकामना दर्शन प्रालीका नायव प्रबन्धक उज्वल सेरचनले जानकारी दिए ।
जिल्ला काेभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को निर्णय अनुसार केबलकार सञ्चालनमा आए पनि पूजा भने मन्दिर बाहिरबाटै गर्नुपर्नेछ । केबलकार चढ्न जानेले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनले बताए । ‘भाैतिक दूरी कायम गर्ने, अनावश्यक भीडभाड नगर्ने, मास्कको प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्ड सबैले अनिवार्य रुपमा पालना गर्नुपर्नेछ’, सेरचनले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij