Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ओखलढुंगाका सबै पालिकामा भेरोसेलको दोस्रो डोज लगाइँदै

ओखलढुंगाका सबै पालिकामा भेरोसेलको दोस्रो डोज लगाइँदै


  • 5.7K
    Shares

    ओखलढुंगाका सबै पालिकामा भेरोसेलको दोस्रो डोज लगाइँदै

    ओखलढुंगा– शुक्रबारबाट ओखलढुंगामा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । गत १७ र १८ साउनमा खोपको पहिलो मात्रा लगाएका ९ हजार २ सय १३ जनालाई दोस्रो मात्राको खोप शुक्रबारबाट लगाउन सुरु गरिएको हो । 


    जिल्लाका सबै ८ स्थानीय तहका ५८ वटै खोप केन्द्रबाट खोप अभियान सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यलयका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए ।


    जिल्लाका ५५ वर्षमाथि उमेर समूहका नगरिक, सवारी चलक, होटल व्यवसायी र अन्य व्यवसायका लागी दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको पन्तको भनाइ छ । 


    खोपको पहिलो मात्रा लागाएका नागरिकले खोप कार्डसहित नजिकको खोप केन्द्रमा तीन दिनसम्म खोप लगाउन सक्नेछन् । यसअघि १६ हजार ५ सयका लागि दोस्रो डोज एस्ट्राजेनिक खोप लगाइएको थियो । 

    प्रकाशित मिति :भाद्र १९ २०७८ शनिवार - १४:४२:०८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij