Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

पछिल्लो राजनीतिक घटना प्रति २०१८की मिस नेपाल (श्रृङ्खला खतिवडा)ले दिइन् यस्तो अभिव्यक्ति

पछिल्लो राजनीतिक घटना प्रति २०१८की मिस नेपाल (श्रृङ्खला खतिवडा)ले दिइन् यस्तो अभिव्यक्ति


  • 7.6K
    Shares

    पछिल्लो राजनीतिक घटना प्रति २०१८की मिस नेपाल (श्रृङ्खला खतिवडा)ले दिइन् यस्तो अभिव्यक्ति

    काठमाडौं । मिस नेपाल ‘मिस नेपाल वर्ल्ड २०१८’ हेटौडाकी श्रृङ्खला खतिवडाले अहिलेको राजनीतिक घटना प्रति निकै दु:ख व्यक्त गरेकी छिन् । उनी सामाजिक काम र पर्यटनमा पनि उत्तिकै रुचि राख्छिन् । श्रृंखला राजनीतिक परिवारबाट आएकी हुन् ।

    शृंखला मकवानपुर क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद विरोध खतिवडाकी छोरी हुन् । उनकी आमा मुनु सिग्देल नेकपा एमाले मकवानपुरको जिल्ला अध्यक्ष हुन् ।

    उनले समाजिक संजालमा पछिल्लो राजनीतिक घटना प्रति आफ्ना बिचार राखेकी छन् : उनि लेख्छिन्, अँह, म अहिले भइरहेको घटनामा तटस्थ हुन सक्दिन । मलाई दुख लागेको छ र निराश छु ।

    १) दशकौँको राजनीतिक अस्थिरता पछि हामीले देखेको पहिलो स्थिर सरकार यहि थियो । पार्टीको आन्तरिक झगडाको लागि, सत्ता जोगाउनको लागि कसैले यति ठुलो कदम चाल्छ भने हामी के भनेर आश गर्ने ? म एउटा मतदाताकोरुपमा विश्वासघात भएको महसुस गरिरहेको छु ।

    २) महामारीको विचमा हामी पहिले नै आर्थिक अभावमा छौँ । हामी तत्कालै चुनावलाई धान्न सक्दैनौँ ।

    ३) राष्ट्रपति भनेको हाम्रो संविधानको अभिभावक हुनु पर्ने । कुनै व्यक्ति वा समूहको संरक्षक भइदिइन् । यो डरलाग्दो कुरा हो ।

    ४) हो, फेरि चुनाव होला, भोट पनि गरौँला तर कसलाई चुन्ने ? फेरि त्यहि अनुहार ? १४० दिनमा चुनाव छ । नयाँ आश केहि छैन । भएको आशा नि मरिसक्यो । म धेरै सुखद भविष्य आशा गर्न सक्दिन । अझै आशा गर्छु कि मेरो अन्तर आत्मा गलत होस् ।

    ssss.jpg

    प्रकाशित मिति :पौष ७ २०७७ मंगलवार - ११:३५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij