Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

५१ किलो गाँजासहित चितवनबाट चार जना पक्राउ

५१ किलो गाँजासहित चितवनबाट चार जना पक्राउ


  • 5.0K
    Shares

    ५१ किलो गाँजासहित चितवनबाट चार जना पक्राउ

    प्रहरीले ५१ किलो गाँजासहित चितवनबाट चार जनालाई पक्राउ गरेको छ।

    ना७ख ५०११ नम्बरको रात्रि बसबाट रत्ननगर नगरपालिका-१५ का २७ वर्षीय सोनाम वाइबा, कालिका नगरपालिका-८ का २५ वर्षीय विमल तामाङ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ का २० वर्षीष राजकुमार तामाङ र चितवन राप्ती नगरपालिका-१ का २० वर्षीय मिनराज घलान पक्राउ परेका हुन्।

    चारै जनालाई प्रहरीले हिरासतमा लिई अनुसन्धान गरिरहेको छ। वाइबा र तामाङद्वय रात्रि बसमा काठमाडौंबाट शुक्रबार चितवन गइरहेका थिए।

     

    घलान भने ना२ह ५८८० नम्बरको अटो चालक हुन्। उनको अटोबाट प्रहरीले ३५ किलो गाँजा बरामद गरेको थियो।

    प्रकाशित मिति :भाद्र १९ २०७८ शनिवार - ११:११:११ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij