Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

हृदयघातका कारण 'बिग बोस' विजेता तथा अभिनेता सिद्धार्थ शुक्लाको निधन

हृदयघातका कारण 'बिग बोस' विजेता तथा अभिनेता सिद्धार्थ शुक्लाको निधन


  • 7.7K
    Shares

    हृदयघातका कारण 'बिग बोस' विजेता तथा अभिनेता सिद्धार्थ शुक्लाको निधन

    'बिग बोस सिजन १३' का विजेता तथा अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ। उनको ४० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो।

    एएनआईलाई दिएको जानकारी अनुसार मुम्बई प्रहरीले सिद्धार्थको मृत्युको खबरको पुष्टि गरेको छ।

    बुधवार राति सुत्नुअघि उनले केही ‌औषधि सेवन गरेका थिए। त्यसपछि उनलाई हृदयघात भएको र मुम्बईको कपूर अस्पताल पुगेपछि उनलाई चिकित्सकले मृत घोषित गरेको दैनिक भाष्करमा उल्लेख छ।

    सन् १९८० मा मुम्बईमा जन्मिएका उनले मोडलिङबाट आफ्नो करियरको यात्रा सुरु गरेका थिए। पछि उनले विभिन्न टेलिसिरियल समेत काम गरेका थिए। टेलिसिरियल 'ब्रोकन बट ब्युटीफुल ३', 'बालिका बधु' र 'दिल से दिल तक' बाट उनले चर्चा पाउन सफल भएका थिए। उनले ‘फियर फ्याक्टर ७’को समेत उपाधि जितेका थिए।

    प्रकाशित मिति :भाद्र १७ २०७८ बिहिवार - १३:४६:०३ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij