Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

त्रिविले फेरी बढायो तलब : मन्त्रीको भन्दा उपकुलपतिको बढी (सूचीसहित)

त्रिविले फेरी बढायो तलब : मन्त्रीको भन्दा उपकुलपतिको बढी (सूचीसहित)


  • 12.3K
    Shares

    त्रिविले फेरी बढायो तलब : मन्त्रीको भन्दा उपकुलपतिको बढी (सूचीसहित)

    काठमाडौ । त्रिभुवन विश्वविद्यालयले फेरी तलब बृद्धि गरेको छ । त्रिविले फेरी बढाएको तलब अत्यन्तै उच्च छ ।

    उपकुलपतिको नै तलब मन्त्रीको भन्दा बढी प्रधानमन्त्रीको हाराहारीमा पुगेको छ । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय आर्थिक प्रशासन महाशाखाले भदौ ३ गते को सूचना भर्खरै प्रकाशित गरेर तलब बढेको जानकारी गराएको छ ।

    नेपाल सरकारद्धारा २०७८ साल श्रावण १ गतेदेखि लागू हुनेगरी निजामति, प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीहरुका लागि यस अघि नै बढाइएको छ ।

    उनीहरुको तलव २०७८ श्रावण १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान ( tribhuvan university salary scale ) , ग्रेड र प्राविधिक ग्रेड निर्धारण गरेको हुँदा त्रिविलेपनि सोही मुताविक गरेको सूचनामा भनिएको छ ।

    त्रिविको केन्द्रीय कोषबाट तलबभत्ता पाउने पदाधिकारी, शिक्षक तथा कर्मचारीहरुको तलबमान, ग्रडदर २०७८ साल श्रावण १ गतेदेखि नै लागू हुनेगरी त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेको जनाइएको छ ।

    मिति २०७८ भदौ १ गते बसेको बैठकको निर्णय नं. ९८८ को निर्णयानुसार बृद्धि गर्ने निर्णय भएकाले आवश्यक कार्याथ अनुरोध गरिएको छ सूचनामा भनिएको छ ।

    सूचनामा उल्लेख भए अनुसार उपकुलपतिको तलब नेपाल सरकारका मन्त्रीको भन्दा बढी छ । हालका मन्त्रीको मासिक तलब ७० हजार रुपैयाँ रहेको छ । उपकुलपतिको भने ७३ हजार ९ सय ८० पुगेको छ । जबकी प्रधानमन्त्रीको नै ७७ हजार २ सय ८० रुपैयाँ छ ।

    उपप्रधानमन्त्रीको मासिक तलब पनि ७७ हजार रुपैयाँ रहेको छ । यसैगरी शिक्षाध्यक्ष, रजिष्ट्रार, सेवा आयोगका सदस्य, डीन, कार्यकारी निर्देशक, परीक्षा नियन्त्रकको समेत मन्त्रीको भन्दा बढी छ । उनीहरुको तलब ७० हजारभन्दा माथी छ । प्राध्यापकहरु कै पनि ६२ हजार ६ सय ८० रुपैयाँ छ ।

    यस्तो छ सूचना

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg

    प्रकाशित मिति :भाद्र १६ २०७८ बुधवार - १३:१३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij