Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बागमती प्रदेशका सामाजिक विकास मन्त्रीले दिए राजीनामा

बागमती प्रदेशका सामाजिक विकास मन्त्रीले दिए राजीनामा


  • 4.5K
    Shares

    बागमती प्रदेशका सामाजिक विकास मन्त्रीले दिए राजीनामा

    काठमाण्डौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले १५ दिन नपुग्दै पदबाट राजीनामा दिएका हुन् ।

    मंगलबार उनले औपचारिक रुपमा बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एस) पार्टी रोज्दै सनाखत गरेका थिए ।

    उनले भने ‘अब हामी फरक पार्टीका भयौं, मुख्यमन्त्रीलाई काम गर्न सजिलो होस् भनेर मैले राजीनामा दिएको हुँ । उहाँलाई मन्त्री बन्दा पनि मैले माधव नेपाल छाड्न सक्दिन भनेको थिएँ ।’

    खनालले मन्त्री बन्नुअघि नै मुख्यमन्त्री शाक्यलाई आफू माधव नेपाल समूह नछाड्ने जानकारी गराएका थिए ।

    प्रकाशित मिति :भाद्र १६ २०७८ बुधवार - ११:३७:४९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij