२०८२ माघ ७ गते बुधवार
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। बैंकले सातै प्रदेशमा रहेका शाखाहरुमा कर्मचारी पदपूर्ति गर्न लागेको हो।
बैंकले रिलेसनसिप म्यानेजर (ब्रान्च क्रेडिट), रिलेसनसिप म्यानेजर (ब्रान्च डिपोजिट), रिलेसनसिप अफिसर (ब्रान्च क्रेडिट) र रिलेसनसिप अफिसर (ब्रान्च डिपोजिट)का लागि दरखास्त आह्वान गरेको छ।
यसैगरी बैंकले अपरेसन अफिसर, जुनियर असिस्टेन्ट र ट्रेनी जुनियर असिस्टेन्ट पदमा पनि कर्मचारी माग गरेको छ।
इच्छुक उम्मेदवारले आफ्नो व्यक्तिगत र व्यावसायिक कार्यदक्षताको खुल्ने विवरणसहित बैंकको वेबसाइटमा गई अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन दिन अन्तिम म्याद सेप्टेम्बर ८ तारिखसम्म तोकिएको छ। त्यसपछि सर्टलिस्टमा परेका उम्मेदवारलाई मात्रै बैंकले अगाडिको छनोट प्रक्रियालाई बोलाउनेछ।
थप जानकारीका लागि तलको सूचना हेर्नुहोस्–

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij