२०८२ भाद्र १ गते आइतवार
रोमानियाको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । रोमानियाको G & G Recruitment SRL कम्पनीले (carpenter,Blacksmith/steel fixer,mason,plumber,lock,smith,labour,cook,waitress,cleanerका लागि ७७ पुरुष र १८ जना महिला गरि जम्मन ९५ जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित ७६ हजार माथि रहेको छ । इच्छुक कामदारले शल्मानी ओभरसिज प्रा।लि को कार्यालय कोटेश्वर काठमाडौंमा भदौ १४ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij