Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

चर्चित नेपाली अभिनेता चन्दन रोक्काको कोरोना संक्रमणकै कारण मृत्यु

चर्चित नेपाली अभिनेता चन्दन रोक्काको कोरोना संक्रमणकै कारण मृत्यु


  • 9.1K
    Shares

    चर्चित नेपाली अभिनेता  चन्दन रोक्काको कोरोना संक्रमणकै कारण मृत्यु

    अभिनेता तथा फिल्म निर्माता चन्दन रोक्काको निधन भएको छ । रोक्काको शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा निधन भएको उनका भाइ नवराज रोक्काले जानकारी दिए।

    एक साताअघि उनको रिपोट नेगेटिभ आएको थियो। रिपोट नेगेटिभ आए पनि स्वास्थ्यमा समस्या देखिएको कारण उनको आइसियूमै उपचार भइरहेको थियो।

    चन्दागिरि-१ दहचोकका ५९ वर्षीय रोक्काका दुई छोरा र श्रीमती छन्। घर, संघर्ष लगायत थुप्रै सिरियल अभिनय गरेका रोक्काले ‘पिरती आफैं हुँदो रहेछ’, ‘प्रेम युद्ध’ लगायत केही फिल्ममा नायकको रूपमा समेत अभिनय गरेका थिए। उनले ‘प्रेम युद्ध’ निर्माण गरेका हुन्। उनी काठमाडौ चन्दागिरी १ का स्थायी बासिन्दा हुन् । उनका दुई छोरा र एक श्रीमती छन् ।

    प्रकाशित मिति :भाद्र ७ २०७८ सोमवार - १४:१२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij