Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

पोखराको महेन्द्रपुल क्षेत्रको सडक भासियो

पोखराको महेन्द्रपुल क्षेत्रको सडक भासियो


  • 4.4K
    Shares

    पोखराको महेन्द्रपुल क्षेत्रको सडक भासियो

    पोखरा – पोखराको मख्य सहरी क्षेत्रमा पर्ने महेन्द्रपुलको सडक भासिएको छ । आइतबार साँझ पोखरामा भारी वर्षा भइरहँदा महेन्द्रपुलस्थित गरिमा विकास बैंकको अगाडीको सडक भासिएको हो ।

    पोखरा–९, विशालबजार अगाडिको व्यस्त सडक खण्ड भासिएपछि सवारी आवागमनमा असुविधा भएको छ भने स्थानीय त्रसित बनेका छन् । भासिएको सडक नजिकै कार रहे पनि सो कार भ्वाङमा पर्नबाट जोगिएको छ ।

    कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले सडक भासिएको र त्यसबाट कुनै क्षति नभएको बताए । गएराति ८ बजेदेखि पोखरामा निरन्तर वर्षा भैरहेको छ ।

    प्रकाशित मिति :भाद्र ७ २०७८ सोमवार - ११:१७:३९ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij