Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते


  • 3.8K
    Shares

    महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

    काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिका–३, रघुनाथपुरमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

    खयरवनीबाट सम्सीतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज९प ३८५० नम्बरको मोटरसाइकल गए राति करिब ९ बजे आपसमा ठोक्किएका थिए ।

    मृत्यु हुनेमा भारतीय नम्बरको मोटरसाइकल चालक सोनमा गाउँपालिका–५ का ३० वर्षीय उदयकुमार यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जानकी हेल्थ केयरमा राति नै मृत्यु भएको हो ।

    घाइते भएका अर्का मोटरसाइकल चालक सोनमा गाउँपालिका–३ का २२ वर्षीय ललिन्द्र यादव र सोही मोटरसाइकलमा पछाडि सवार २७ वर्षीय दामोदर यादवको नवजीवन अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ७ २०७८ सोमवार - १०:५१:५० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij