Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

नेपाल आइपुग्यो जापान सरकारले दिएको २ लाख डोज कोरोना खोप

नेपाल आइपुग्यो जापान सरकारले दिएको २ लाख डोज कोरोना खोप


  • 4.5K
    Shares

    नेपाल आइपुग्यो जापान सरकारले दिएको २ लाख डोज कोरोना खोप

    जापानले उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोपका दुई लाखभन्दा बढी डोज आज काठमाडौं ल्याइपुर्याइएको छ। 

    जापान सरकारबाट सहयोग भएको अस्ट्रोजेनका कम्पनीका २ लाख ८ हजार ७ सय डोज खोप शनिबार काठमाडौं ल्याइपुर्याइएको हो। 

    स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जापान सरकारबाट प्राप्त हुने १६ लाख १४ हजार ७ सय ४० डोज खोपमध्ये शनिबार २ लाख ८  हजार ७ सय डोज ल्याइएको जानकारी दिएका छन्।

    बाँकी खोप आइतबार र सोमबार ल्याइने जानकारी पनि उनले दिएका छन्। 

    यसअघि साउन २३ र २४ गते गरी ९ लाख डाेज खोप जापानबाट नेपाल ल्याइएकाे थियाे। 

    प्रकाशित मिति :भाद्र ५ २०७८ शनिवार - १४:४८:०६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij