Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कोरोना अपडेट : देशभर थप ३०४२ जनामा कोरोना संक्रमण पुष्टि, २६ को मृत्यु

कोरोना अपडेट : देशभर थप ३०४२ जनामा कोरोना संक्रमण पुष्टि, २६ को मृत्यु


  • 6.7K
    Shares

    कोरोना अपडेट : देशभर  थप ३०४२ जनामा कोरोना संक्रमण पुष्टि, २६ को मृत्यु

    पछिल्लो २४ घण्टामा नेपालमा थप ३०४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६५४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 
    सोही अवधिमा २६ जनाको मृत्यु र २२४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ  ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४४ हजार ३०७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७९ हजार ३४० जना पुगेको छ। हालसम्म संक्रमितमध्ये ६ लाख ९३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् भने मृतकको संख्या १० हजार ४५५ पुगेको छ । 

    हाल देशभर ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेका छन् । 

    प्रकाशित मिति :भाद्र ४ २०७८ शुक्रवार - १६:४१:२८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij