Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ

किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ


  • 3.9K
    Shares

    किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    बारामा किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । पचरौतामा नगरपालिका वडा नम्बर ७ स्थित बेनौली गाउँकी १४ वर्षीया किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ । 

    घरमा कोही नभएको मौका छोपी मंगलबार २५ वर्षिय रुसियन साहले बलात्कार गरेको बारा प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि सिम्रौनगढ स्थित इलाका प्रहरी कार्यालय र पिपरपाती प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    थप अनुसंधानपछि आरोपित साहमाथि जवर्जस्ती करणी मुद्दा दर्ता गरिएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुवेदीले जानकारी दिए ।

     

    प्रकाशित मिति :भाद्र ४ २०७८ शुक्रवार - १२:०१:३४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij