२०८२ माघ ८ गते बिहिवार
प्रहरीले ६ किलो चाँदीका गरगहनासहित पर्साबाट एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका-६ का ६० वर्षीय नागेन्द्र साह सोनार छन्।
उनलाई भारतबाट चाँदीका गरगहना ल्याउँदै गरेको अवस्थामा वीरगञ्ज-१६ शंकराचार्य गेटबाट बिहीबार बिहान पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
शंकास्पद रुपमा पैदल हिँडिरहेका उनलाई प्रहरीले रोकेर झोला जाँच गरेको थियो।
उनले बोकेको कालो साइड ब्यागभित्र ६ किलो १६८ ग्राम चाँदीका तयारी गरगहना फेला परेको खनालले बताए।
सोनारलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भइरहेको उनले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij