Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कोरोना अपडेट : देशभर थप ३४०३ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

कोरोना अपडेट : देशभर थप ३४०३ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु


  • 5.7K
    Shares

    कोरोना अपडेट : देशभर थप ३४०३ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा ३४ सय ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले १६ हजार ८३८ जनाको परीक्षण भएकोमा ३४ सय ३ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । 

    उहाँले सोही अवधिमा २१ सय ४ जना संक्रमणमुक्त हुनुका साथै ४२ जनको मृत्यु भएको बताउनुभयो । आज थपिएकामध्ये काठमाडौं उपत्यकामा ९९३ जनालाई पोजेटिभ देखिएको छ । काठमाडौंमा ७११,भक्तपुरमा १२२ र ललितपुरमा १६० जनालाई संक्रमण पुष्टि भएको छ । 
    अहिले ४० हजार ३३८ जना सक्रिय संक्रमित छन् जसमध्ये ७७० जना आइसियु र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । 

    उहाँले अझै पनि नेपालमा संक्रमणदर २० प्रतिशतभन्दा माथिनै रहेको बताउदै सामान्य लक्षण देखिनासाथ परीक्षण् गर्न अपिल गर्नुभयो । 
    अहिलेसम्म नेपालमा ८ लाख १७ हजार ५३० जनालाई संक्रमण पुष्टि भएको छ । जसमध्ये ९२ प्रतिशत अर्थात् ६ लाख ८९ हजार १७३ जना निको भएका छन् भने १० हजार ३९६ जनाको मृत्यु भएको छ ।

    प्रकाशित मिति :भाद्र २ २०७८ बुधवार - १६:४७:०१ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij