Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

लागुऔषधसहित सिरहामा २ युवक पक्राउ

लागुऔषधसहित सिरहामा २ युवक पक्राउ


  • 4.3K
    Shares

    लागुऔषधसहित सिरहामा २ युवक पक्राउ

    सिरहा । सिरहामा प्रतिबन्धित लागुऔषधसहित २ जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका ३ का २२ वर्षीय प्रमोदकुमार यादव र सुखिपुर नगरपालिका १० का २८ वर्षीय धनजीत यादव रहेका छन् ।

    इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका ३ गागन पुलमा चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट नाइट्रोभेट ट्याबलेट ९ सय थान, उनीहरु सवार मोटरसाइकल एक थान र ३ हजार ३ सय ४६ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय गोल बजारमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २ २०७८ बुधवार - १२:४२:४६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij