Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


  • 4.7K
    Shares

    अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    काठमाडौं । अमेरिका पठाईदिन्छु भन्दै ११ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका, ३१ तिनकुने बस्ने ताप्लेजुङ फुङ्लिङका ५९ वर्षीय लालबहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

    पाँचथर तुम्बेवाका ३० वर्षीय ध्रुव कुमार राईलाई भिजिट भिषामा दुबई हुँदै अमेरिका जान ४० लाख रुपैयाँ लाग्छ भन्दै उक्त रकम कार्कीले ठगी गरेका हुन् । 

    अमेरिका पुगेपछि कोकाकोला कम्पनीमा मासिक तीन लाख रुपैयाँ तलब हुने जागिर लगाइदिने आश्वासन दिएर उक्त रकम ठगी गरी सम्पर्क विहीन भएपछि पीडितको उजुरीपछि प्रहरीले उनलाई झापा अर्जुनधारा नगरपालिका, ५ शान्तिचोकबाट पक्राउ गरेको हो । 

    प्रकाशित मिति :भाद्र २ २०७८ बुधवार - १०:३६:५२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij