Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

बारामा पिकअपको ठक्करबाट एकजनाको मृत्यु, दुई घाइते

बारामा पिकअपको ठक्करबाट एकजनाको मृत्यु, दुई घाइते


  • 5.4K
    Shares

    बारामा पिकअपको ठक्करबाट एकजनाको मृत्यु, दुई घाइते

    काठमाडौं । बाराको परवानीपुर गाउँपालिका–४ मा पिकअप गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

    मोटरसाइकल चालक पर्साको वीरगन्ज महानगरपालिका–१६, इनर्वाटोलका ३८ वर्षीय राजेश रामको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गण्डकस्थित नारायणी बयोधा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

    घाइते दुई किशोरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

     ना४च ३४३२ नम्बरको पिकअप गाडीले ना२१प १८३१ नम्बरको मोटरसाइकललाई हिजो बेलुका करिब ७ बजे ठक्कर दिएको थियो । गाडी चालक फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय परवानीपुरले जानकारी दिएको छ ।

    प्रकाशित मिति :भाद्र २ २०७८ बुधवार - १०:३५:३५ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij