Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कोरोना अपडेट : देशभर थप ३२७४ जनामा संक्रमण पुष्टि, २७ को मृत्यु

कोरोना अपडेट : देशभर थप ३२७४ जनामा संक्रमण पुष्टि, २७ को मृत्यु


  • 5.5K
    Shares

    कोरोना अपडेट : देशभर थप ३२७४ जनामा संक्रमण पुष्टि,  २७ को मृत्यु
    images

    पछिल्लो २४ घण्टामा १७ हजार ६८९ जनाको कोरोना परीक्षण हुँदा ३२ सय ७४ जनालाई संक्रमण पुष्टि भएको छ । ११ हजार ५६५ पीसीआर र ६१ सय २४ एन्टीजेन गरि १७ हजार ६८९ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    यसैगरी १९ सय २९ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ । आज थपिएकामध्ये काठमाडौंमा ६७३, भक्तपुरमा १४१ र ललितपुरमा २१९ गरि उपत्यकामा १०३३ जनालाई पोजेटिभ देखिएको छ । 

    २४ घण्टामा देशभर १ लाख ४४ हजार ५२८ जनाले कोरोना विरुद्धको खोप पाएका छन् । अहिले सक्रिय संक्रमित ३९ हजार ८७१ रहेका छन् । ७९० जना आइसियु र १९१ जना भेन्टिलेटरमा उपचररत छन् । 

    प्रकाशित मिति :भाद्र १ २०७८ मंगलवार - १७:४७:२४ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij