Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

बर्दियाका ज्येष्ठ नागरिकलाई घरमै नागरिकता प्रदान

बर्दियाका ज्येष्ठ नागरिकलाई घरमै नागरिकता प्रदान


  • 4.7K
    Shares

    बर्दियाका ज्येष्ठ नागरिकलाई घरमै नागरिकता प्रदान

    बर्दिया : बारबर्दिया नगरपालिकाका ज्येष्ठ नागरिकले घरमै नागरिकता पाएका छन्। शारीरिक अशक्तताका कारण जिल्ला सदरमुकाम पुग्न नसकेका वडा नम्बर ८ की वतसिया थारु र वडा नम्बर ११ की कुलरिया थारुलाई घरमै नागरिकता दिइएको हो।

    सोमबार सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद ढकालको टोली उनीहरुको घरमै पुगेर आवश्यक प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरेको हो।

    यसअघि पनि जिल्ला प्रशासन कार्यालय बर्दियाले गेरुवा गाउँपालिकाका एक अशक्त व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेको थियो। 

    ७० वर्ष पूरा भएर पनि नागरिकता नपाएका ज्येष्ठ नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए।

    प्रकाशित मिति :भाद्र १ २०७८ मंगलवार - १४:११:५६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij