Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

सिरहामा निषेधाज्ञा भदौ मसान्तसम्म लम्बियाे

सिरहामा निषेधाज्ञा भदौ मसान्तसम्म लम्बियाे


  • 4.0K
    Shares

    सिरहामा निषेधाज्ञा भदौ मसान्तसम्म लम्बियाे

    लहान – सिरहामा निषेधाज्ञाको समय एक महिना थप गरिएको छ। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञाको समयावधि यही भदौ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो।

    गत साउन ३२ गतेसम्म निषेधाज्ञा लगाइएकामा जोखिम अझ कम नभएकाले निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरिएको  प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँल बताउँछन् । उनका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ।

    स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी निषेधाज्ञाका बेला शैलुन र होटलबाहेकका पसल, व्यवसायी बिहान ९ देखि दिउँसो १ बजेसम्म खोल्ने दिने निर्णय भएको उनको भनाइ छ । यद्यपि हाटबजार लगाउन पाइने छैन। सिरहामा गत वैशाख २३ गतेदेखि नै निषेधाज्ञा जारी छ। कोरोनाको जोखिम नघटेसम्म निषेधाज्ञा रहने जनाइएको छ । 

    प्रकाशित मिति :भाद्र १ २०७८ मंगलवार - १२:२२:२६ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij