Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मलेसियाका प्रधानमन्त्रीद्वारा राजासमक्ष राजीनामा

मलेसियाका प्रधानमन्त्रीद्वारा राजासमक्ष राजीनामा


  • 5.9K
    Shares

    मलेसियाका प्रधानमन्त्रीद्वारा राजासमक्ष राजीनामा

    मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिनुभएको छ ।

     विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाहसमक्ष प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गर्नुभएको हो । उहाँले सोमबार सामाजिक सञ्जालहरुमा उल्लेख गर्नुभएको छ, “हाम्रो मन्त्रिपरिषद्ले राजासमक्ष राजीनामा दिएको छ ।”

     राजा अब्दुल्लाहले उहाँको राजीनामा स्वीकृत पनि गरिसक्नुभएको छ । राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी भने उहाँलाई नै दिनुभएको छ । मलेसियाको तल्लो सदनबाट वर्तमान सरकारले विश्वासको मत गुमाएपछि मुहिद्दीनले राजासमक्ष राजीनामा बुझाउनु परेको हो ।

     “प्रतिनिधिसभाबाट विश्वासको मत गुमाइसकेपछि सत्तामा बस्न हँुदैन भन्ने मान्यता र नैतिकताका आधारमा हामीले राजीनामा गर्ने निर्णय गरेका हौँ”, विदेशमन्त्री हिशाम्मुद्धिन हुसेनले लेख्नुभएको छ ।

     सामाजिक सञ्जालमा उहाँले राजीनामाका विषयलाई जनता र देशप्रतिको माया र जिम्मेवारी बोधका रुपमा समेत व्याख्या गर्नुभएको छ ।

     गत वर्षको मार्चमा उहाँ झिनो मतान्तरले बहुमतको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । तर सत्तारुढ गठबन्धनकै एउटा दलका नेताहरुले समर्थन फिर्ता लिएपछि उहाँ अहिले अल्पमतमा पर्नुभएको हो ।

    प्रकाशित मिति :श्रावण ३२ २०७८ सोमवार - १६:३६:४३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij