Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अब नेपाली कामदार युएई जान पाउने, यस्तो छ व्यवस्था

अब नेपाली कामदार युएई जान पाउने, यस्तो छ व्यवस्था


  • 6.6K
    Shares

    अब नेपाली कामदार युएई जान पाउने, यस्तो छ व्यवस्था

    काठमाडौं ।  गत सोमबारदेखि युएईबाट नेपाल आउने यात्रु मात्र ओसार्ने गरी नेपाल-युएई उडान सुरु गरिएको थियो। तर, अब वायुसेवा प्रदायक कम्पनीहरूले नेपालबाट पनि यात्रु लैजान पाउने भएका छन्। 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोनाको र्‍यापिड पीसीआर परीक्षणको सुविधा नहुँदा युएईले नेपालबाट जाने यात्रुका लागि प्रवेश खुला गरे पनि कोही जान पाएका थिएनन्। साउदी अरेबियन वायुसेवा कम्पनी एयर अरेबियाले बिहीबारदेखि यहाँबाट युएई यात्रु लैजान थाले पनि नेपाली वायुसेवा कम्पनीले त्यसो गर्न सकिरहेको थिएन।

    फ्लाई दुबईले समेत दुबईमा बढीमा ६ घन्टा ट्रान्जिट भएका यात्रु मात्र नेपालबाट लगिरहेको थियो। नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले दुबईबाट यात्रु ल्याउन मात्र उडान भर्दै आएका थिए। विमानस्थल स्रोतका अनुसार एयर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीले यसअघि कायम रहेको ४८ घण्टाभित्र गरेको कोरोना पीसीआर नेगेटिभ रिपोर्ट र विमानस्थल परिसरमै उडान हुनुभन्दा चार घन्टाअघि गरेको र्‍यापिड पीसीआर परीक्षण नेगेटिभ रिपोर्टको सट्टा उडान हुनुभन्दा चार घन्टा पहिलेको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टलाई मान्यता दिने भएपछि युएई उडान पुनः सुरु भएको हो। 

    सोही परीक्षणको आधारमा शनिबार रातिको उडानबाट हिमालय एयरलाइन्सले एक सय ५२ र एयर अरेबियाले एक सय ५५ यात्रु लगेका छन्। सोही रिपोर्टको आधारमा नेपाल वायुसेवा निगमले सोमबार राति ११:३० मा उडान गर्ने तयारी गरेको छ। 

    निगमले सोमबारदेखि सातामा दुई उडान भर्ने तयारी गरेको छ। शनिबार हिमालय एयरलाइन्सले यात्रुलाई विमानस्थल मै बोलाएर स्वाब संकलन गरी पीसीआर परीक्षण गराएर उडाएको थियो। दुबई सरकारले पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएको भन्दै नेपालसहित भारत, पाकिस्तान, नाइजेरिया, श्रीलंका र युगान्डालाई अति जोखिम देशको सूचीमा राखेको छ। 

    यसैबीच, अहिले मलेसिया, दुबई, दोहा, दिल्ली लगायत गन्तव्यमा नियमित उडान गरिरहेको निगमले जापान र हङकङ उडान सुरु गर्ने भएको छ। कोरोनाको दोस्रो लहरसँगै तीन महिनादेखि बन्द रहेको उक्त गन्तव्यमा पुनः नियमित उडानको तयारी गरेको निगमले जनाएको छ। 

    निगम स्रोतले दिएको जानकारी अनुसार हङकङ उडानको टिकट बुकिङ खुलिसकेको छ। तर, उडान तालिका सार्वजनिक नभएकाले उडान सुरु हुने मिति यकिन छैन। सो गन्तव्यका लागि निगमले एकतर्फी भाडादर ७० हजार रूपैयाँ तोकेको छ। त्यस्तै, जापान उडानका लागि समेत सेडुलिङको प्रक्रिया सुरु भइसकेको छ। निगमले अबको १५ दिनपछि जापान उडान सुरु गर्ने तयारी गरेको छ।

    प्रकाशित मिति :श्रावण ३२ २०७८ सोमवार - ११:०६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij