Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

सवारी दुर्घटनामा एक वर्षमा ३४ को मृत्यु

सवारी दुर्घटनामा एक वर्षमा ३४ को मृत्यु


  • 3.5K
    Shares

    सवारी दुर्घटनामा एक वर्षमा ३४ को मृत्यु

    सवारी दुर्घटनामा परी जिल्लामा एक वर्षको अवधिमा ३४ जनाले ज्यान गुमाएका छन् ।

     जिल्लाका मुख्य सडक र ग्रामीण सडकमा गरी गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार गत आर्थिक वर्षमा कात्तिकमा तीन, पुुसमा पाँच, माघमा एक, वैशाख र असारमा दुई÷दुई सवारी दुर्घटना भएका छन् ।

     ती सवारी दुर्घटनामा परेर ७८ व्यक्ति घाइते भएका छन् । चौध सवारी दुर्घटनामध्ये ११ कच्ची सडकमा भएका छन् । ग्रामीण कच्ची सडकमा बढी दुर्घटना भएको पाइएको छ । ग्रामीण कच्ची सडक गुणस्तरीय नहुनु, मोडमा समस्या हुनु, अनुभवी चालक नहुनुलगायतका कारणले सवारी दुर्घटना बढ्दै गएका छन् ।

     सवारी कारवाहीबाट २५ लाख राजस्व सङ्कलन जिल्लामा गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधन कारवाहीबाट रु २५ लाख बढी राजस्व सङ्कलन भएको छ ।

     जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र रावलका अनुसार चार हजार ३४३ सवारीसाधन कारवाहीबाट रु २५ लाख २५ हजार राजस्व सङ्कलन भएको हो ।

     गत आर्थिक वर्षमा ८६६ ट्रक, दुई हजार १२१ जिप, कार र भ्यान, ३७४ ट्र्याक्टर, ८३८ मोटरसाइकल, ३० टेम्पो तथा अन्य सवारीसाधन कारवाहीमा परेका हुन् ।

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - १६:३२:५१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij