२०८२ भाद्र ३ गते मंगलवार
गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले जिल्लामा धेरै भौतिक क्षति भएको छ । यहाँका अधिकांश बस्ती विस्थापित भएका छन् ।
बाढीपहिराका कारण प्रहरीचौकी नै पूर्ण रुपमा विस्थापित भएको छ । बाढीपहिराले नासों गाउँपालिका–३ स्थित सीमा प्रहरीचौकी धारापानीको भवन बगाएपछि पूर्णरुपमा सो चौकी विस्थापित भएको छ । बाढीपहिराले चौकी बगाएपछि अहिले विद्यालयमा प्रहरीचौकी राखिएको सीमा प्रहरीचौकी धारापानीका इञ्चार्ज प्रहरी निरीक्षक कमल मजाकोटीले जानकारी दिनुभयो ।
जिल्लाका भौतिक संरचना बगाए पनि चौकीमा रहेका हतियार र गोलीगठ्ठा जोगाउन सकिएको उहाँले बताउनुभयो । साथै भवनमा रहेका अन्न, खाद्यान्नलगायतका विभिन्न सामग्री भने जोगाउन नसकिएको उहाँ बताउनुहुन्छ । अहिले धारापानी प्राथमिक विद्यालयको भवनबाट सेवा प्रवाह भइरहेको उहाँले जानकारी दिनुभयो ।
मस्र्याङ्दी नदीको बाढीले यहाँका सरकारी तथा गैरसरकारी कार्यालयका भौतिक संरचनामा धेरै क्षति पु¥याएको छ । केही कार्यालय भौतिक संरचनामा क्षति पुगेपछि विस्थापित भएका थिए ।
लमजुङ बेँसीशहर–चामे सडक पूर्ण रुपमा अवरुद्ध हुँदा मर्मतका आवश्यक सामग्री ल्याउन नसक्दा भौतिक संरचना निर्माणमा ढिलाइ हुने भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij