Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

झापामा खेतको बिचमा पुरुषको शव फेला

झापामा खेतको बिचमा पुरुषको शव फेला


  • 3.9K
    Shares

    झापामा खेतको बिचमा पुरुषको शव फेला

    झापाको कमल गाउँपालिका– २ स्थित क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानबारीमा स्थानीयवासी राजु लिम्बूको शव फेला परेको छ ।

     स्थानीय नयाँ बस्तीमा बस्दैआउनुभएका अन्दाजी ५० वर्षीय लिम्बूको शव आज बिहान दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

     ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका लिम्बूको मृत्यु केही दिन अगाडि नै भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव खेतका बिचमा भएका कारणले सडेर दुर्गन्ध आउन थाले पश्चात स्थानीयवासीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

     घटनाबारे कारण खुल्न सकेको छैन् । परिवारको पहिचान पश्चात् शवलाई परीक्षण लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - १३:१५:१८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij