Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

दुई महिनापछि बल्यो मादीका ६५० घरमा बिजुली

दुई महिनापछि बल्यो मादीका ६५० घरमा बिजुली


  • 3.9K
    Shares

    दुई महिनापछि बल्यो मादीका ६५० घरमा बिजुली

    कास्कीको मादी गाउँपालिका–१ मा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको बिजुली पु¥याइएको छ ।

     पर्यटकीय गन्तव्यसमेत रहेको सिक्लेससहित मादी–१ का पार्चे र खिलाङ गाउँका ६५० घरधुरी असार १ देखि अन्धकारमा रात गुजार्न बाध्य थिए ।

     सुरुआतमा स्थानीय लघुजलविद्युत् र पछि सिक्लेस हाइड्रोबाट गाउँमा बिजुली बत्ती बाल्दै आएका गाउँले मादीको सहायक ङच नदीमा गत असार १ गते राति आएको बाढीले क्षति पु¥याएकाले अँध्यारोमै बस्दै आएकामा शनिबारदेखि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारणको बिजुली उपलब्ध गराइएकोे हो ।

     गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले शनिबार सामुहिक मिटर बक्सको स्वीचअन गरी लाइनको शुभारम्भ गर्नुभएको थियो । सबै घरमा मिटर जडान गर्न समय लाग्ने भएकाले तत्कालका लागि एउटा सामूहिक मिटर राखेर पुरानो संरचनाबाट ६५० घरमा नै बिजुली बालिएको उहाँको भनाइ थियो ।

     उहाँले भन्नुभयो, “बाढीले क्षति पु¥याएकाले दुई महिना जनताले दुःख पाए पनि शनिवारदेखि विद्युत् प्राधिकरणसँगको समन्वयमा सिक्लेस, पार्चे तथा खिलाङ गाउँमा केन्द्रीय प्रसारणको बिजुली पुगेको छ । सबैको निरन्तरको मेहेनत र सहकार्यबाट गाउँमा बत्ती बाल्न सफल भएका छौँ ।”

     बिजुली अभावमा लामो समय वडा कार्यालय, बैंक, सहकारी, एक्याप कार्यालयको सेवा प्रवाहमा असर परेको थियो । गाउँमा मोबाइल चार्जको समेत समस्याले सञ्चार सम्पर्क गर्नसमेत कठिनाइ भएको थियो ।

     बाढीले मादी नदी किनारमा निर्माणाधीन र सम्पन्न भएका गरी आधा दर्जन जलविद्युत् आयोजनामा क्षति पु¥याएको थियो ।

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - १३:०५:५९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij