Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

लागु औषध मुद्दामा १० वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ

लागु औषध मुद्दामा १० वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ


  • 4.3K
    Shares

    लागु औषध मुद्दामा १० वर्ष कैद तोकिएका फरार अभियुक्त पक्राउ
    images

    लागु औषध मुद्दामा १० वर्ष एक महिना कैद सजाय तोकिएका फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको टोलीले पक्राउ गरेको छ । प्रतापपुर गाउँपालिका–३ सोमनी घर भएका २२ वर्षीय इन्द्रिजीत बिनलाई पक्राउ गरिएको जिप्रका नवलपरासी पश्चिमका प्रवक्ता (डिएसपी) राजु लामाले बताए ।

    नवलपरासी (पूर्व)को बिनयत्रिवेणी गाउँपालिकाबाट पक्राउ परेका इन्द्रिजीत बिनलाई २०७५ जेठमा नवलपरासी जिल्ला अदालतले १० वर्ष १ महिना ८ दिन कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो । ३ वर्षदेखि उनी फरार थिए । अभियुक्तलाई आइतबार जिल्ला अदालत नवलपरासीमा उपस्थित गराइने डिएसपी लामाले बताए । 

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - १०:४३:३८ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij