२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । जापानको एक कम्पनीले आकर्षक तलबका साथ नेपाली कामदारको माग गरेको छ । जापानको शिनपोउ सहरमा रहेको woodland kobe business cooperaative कम्पनीमा केयर गिभरका लागि तीन पुरुष र तीन महिला गरी जम्मा ६ जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्नेछ । कामदारले हप्तामा ५ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । खान बस्नको व्यवस्था कामदारले आफै गर्नु पर्नेछ ।
तलब एक लाख ८३ हजार माथि देखि एक लाख ९५ हजार माथि सम्म पाउने छन् । इच्छुक कामदारले इम्पोरियल ओभरसिज प्रालि को कार्यालय सिनामंगल काठमाडौंमा भदौ ४ गते अन्तरवार्ता दिनु पर्नेछ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च कामदार आफैले बेहोर्नु पर्नेछ । विदेशमा हुने मेडिकल खर्च, भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने विज्ञापनमा उल्लेख गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij