Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

साँघु तर्ने क्रममा नदीमा खसेर दुई बेपत्ता

साँघु तर्ने क्रममा नदीमा खसेर दुई बेपत्ता


  • 5.0K
    Shares

    साँघु तर्ने क्रममा नदीमा खसेर दुई बेपत्ता

    काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन्् ।

     हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ ।

     उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी सङ्कलन गर्न जानेक्रममा बुधबार साँझदेखि बेपत्ता भएका स्थानीयवासी तारा रावलले जानकारी दिनुभयो ।

     हराइरहेकाहरुको खोजी जारी रहेको उहाँले बताउनुभयो । जडीबुटी सङ्कलनका लागि थाली गाउँका करिब ३० जना गएका बताइएको छ ।

     हुम्लासहित बाजुरा, मुगु, बझाङलगायत नागरिक यस याममा जडीबुटी सङ्कलन गर्न पाटनतिर जाने गर्दछन् ।

    प्रकाशित मिति :श्रावण २९ २०७८ शुक्रवार - १४:२०:२३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij