Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

रेडपाण्डाको छालासहित ३ जना कपिलवस्तुबाट पक्राउ

रेडपाण्डाको छालासहित ३ जना कपिलवस्तुबाट पक्राउ


  • 4.0K
    Shares

    रेडपाण्डाको छालासहित ३ जना कपिलवस्तुबाट पक्राउ
    images

    कपिलवस्तु : रेडपाण्डाको अवैध कारोवार गर्ने ३ जनालाई प्रहरीले कपिलवस्तुको वाणगंगाबाट पक्राउ गरेको छ । प्रहरीले वाणगंगा नगरपालिका  ४ सिद्धीपुरस्थित बराल होटलबाट रेड पाण्डाको छाला, पुच्छरसहित ३ जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए । 

    पक्राउ पर्नेहरुमा झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ५ शनिश्चरेका २९ वर्षीय खगेन्द्र पुरी, ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरभ राजवंशी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले २ वटा रेड पाण्डाको छाला र रेड पाण्डाको पुच्छर बरामद गरेको छ । 

    पक्राउ परेका ३ जनालाई उनीहरुको साथबाट बरामद भएको छाला सहित प्रहरीले डिभिजन बन कार्यालयलाई कपिलवस्तुलाई बुझाएको छ । उनीहरु उपर राष्ट्यि निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्र्तगत मुद्धा चल्ने डिभिजन वन कार्यालयले जनाएको छ ।

    बरामद भएको छाला परीक्षणका लागि केन्द्रमा पठाउने तयारी भईरहेको र पक्राउ ३ जना उपर थप अनुसन्धान सुरु गरिएको सहायक वन अधिकृत मदन मोहन शाण्डिल्यले बताए । ऐन अनुसार यस प्रकारको मुद्धामा दोषी प्रमाणित भए १० वर्ष कैद र ५ लाख रुपैयाँसम्मको सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।  

    प्रकाशित मिति :श्रावण २९ २०७८ शुक्रवार - १३:५०:२० बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij