२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने लगायतका मागहरु राखेर प्रदर्शनमा उत्रेका शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल शिक्षक महासंघको अगुवाईमा प्रदर्शनमा उत्रेका शिक्षकहरु पक्राउ परेका हुन्।
गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रवन्धमा परिवर्तन गर्नुपर्ने, नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ३० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, प्रारम्भिक बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउनुपर्ने लगायतका १४ बुँदे माग राखेर महासंघ प्रदर्शनमा उत्रेको हो।
प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन जाने क्रममा विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij